राष्ट्रपति फर्किएको १० मिनेटपछि पुगे पूर्वराजा


 


नवलपरासी,  फागुन २४

चौधरी ग्रुपद्वारा निर्मित शाश्वत धामको उद्घाटन समारोहमा निम्त्याइएका पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रपति विद्यादेवी भण्डरी फर्किएपछि मात्र कार्यक्रमस्थलमा पुगेका छन्। धाम उद्घाटन गरेर राष्ट्रपति भण्डारी फर्किएको करिब १० मिनेटपछि शाह कार्यक्रमस्थलमा पुगेका हुन् ।

काठमाडौंबाट सोमबार नै प्रस्थान गरेका शाह भरतपुरमा बास बसेका थिए। राष्ट्रपति भण्डारी भने मंगलबार नै आएर फर्किसकेकी छन्। विशिष्ट अतिथिको रुपमा निम्त्याइएका शाहले मुख्य पूजा गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीका अलावा राप्रपा अध्यक्ष कमल थापा, प्रधान सेनापति राजेन्द्र क्षेत्री, पूर्व प्रधान सेनापति रुक्माङ्गत कटवाल, स्वामी कमल नयनाचार्य, स्वामी जयशंकर लगायतको उपस्थिति थियो।

प्रकाशित मिति: २४ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्