सेयर किनबेचमा नयाँ टीएमएस
काठमाडौं । सेयर र अन्य धितोपत्र किनबेचका लागि ब्रोकर कम्पनीले नयाँ कारोबार प्रणाली (टीएमएस) को प्रयोग अवलम्वन गरेको छ । सेक्योर्डपछि कालिका सेक्युरिटिजले मंगलबारदेखि नयाँ प्रणालीको सुरुवात गरेको हो।
त्यस्तै अरु दुई कम्पनी नेपाल स्टक हाउस र डायनामिक मनी चेञ्जरले पनि बिहीबारदेखि नयाँ टीएमएस लाइभमा जाने टीएमएस निर्माता कम्पनी डीजी हबका प्रोजेक्ट म्यानेजर राजन घिमिरेले जानकारी दिएका छन् ।
उनका अनुसार बाँकी ८ वटा कम्पनी यूएटीको प्रोसेसमा छन् भने युएटीको प्रोसेस सकिएपछि ती कम्पनीले पनि नयाँ टीएमएस प्रयोगमा ल्याउँनेछन् ।
एनआईएमबी पनि अर्को हप्तादेखि नयाँ टीएमएस लाइभमा जाने घिमिरेले बताएका छन् ।
श्रीलंकाको आइरन वान टेक्नोलोजीले विकास गरेको टीएमएस यहाँका ब्रोकर कम्पनीलाई डीजीहबले तयार गरेर प्रदान गर्दै आएको छ । डीजीहबले तयार गरेको नयाँ टीएमएस बढी सुविधायुक्त भएको कम्पनीको दाबी छ ।
नयाँ टीएमएस प्रयोग गर्नेले मोबाइल एपबाट पनि सहज रुपमा सेयर कारोबार गर्न सक्छन् । नयाँ टीएमएस मोबाइल एप, डेस्कटप र वेब गरी तीन भर्सनमा उपलब्ध रहेको घिमिरेले बताए ।
प्रकाशित मिति: १९ चैत्र २०८१, बुधबार
















