नेपालको महिला सहभागिता विश्वकै लागि अनुकरणीय-प्रधानमन्त्री


 


काठमाडौं, फागुन २५
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणको क्षेत्रमा महिलाको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहेको बताएका छन ।

अन्तर्रा्िष्ट्रय श्रमिक महिला दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिँदै दाहालले भने “जनयुद्ध, जनआन्दोलनलगायत परिवर्तनका सबै आन्दोलनमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।”

प्रधानमन्त्री प्रचण्डले मुलुकको विकासका लागि जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाको समान सहभागिता अत्यन्त जरुरी रहेको उल्लेख गर्दै संविधानमा महिलाको हकलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको बताए ।

संविधानमा नै महिलाको ३३ प्रतिशत व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल पर्न सफल भएको भन्दै एक दशक अघिदेखि सुरू भएको रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्थाले महिलाको प्रतिनिधित्व बढाउनुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

प्रकाशित मिति: २५ फाल्गुन २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्