चट्याङ लागेर देशभर ५ जनाको मत्यु
काठमाडौं । चट्याङ लागेर देशभर ५ जनाको मत्यु भएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न पाँच जिल्लामा ५ जनाले ज्यान गुमाएका हुन् ।
झापाको गौरादह नगरपालिका–५ स्थित बालुबथानमा ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । पानीसँगै परेको चट्याङको झड्का लागेर उनको मृत्यु भएको हो ।
त्यसतै, मोरङको कानेपोखरी गाउँपालिका–१ मा १२ वर्षीय बालकको मृत्यु भएको छ ।
धनुषाको नगराईन नगरपालिका–८ अकौरामा ६० वर्षीया महिलाको मृत्यु भएको छ । खेतमा गएको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
डोटीको सायल गाउँपालिका–६ दल्लेखमा ३३ वर्षीया महिलाको मृत्यु भएको छ । सो स्थानमा ७ जना घाइते भएका छन् ।
बझाङको बित्थडचिर गाउँपालिका–३ मा ७८ वर्षीया महिलाको मृत्यु भएको छ भने सोही ठाउँमा २ जना बालिका घाइते भएका छन् ।
प्रकाशित मिति: २७ चैत्र २०८१, बिहिबार
















