दुर्गा प्रसाईलाई झापा ल्याइयो, आजै जहाजमार्फत काठमाडौं ल्याउने तयारी
काठमाडौं । काठमाडौंको तीनकुने घटनाका नाइके दुर्गा प्रसाईलाई पक्राउ गरेर झापा ल्याइएको छ ।
नेपाल प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो ।
बिहीबार भारतको आसामबाट पक्राउ परेका उनलाई आज बिहान झापा ल्याइएको बताइएको छ । उनलाई आजै जहाजमा काठमाडौं ल्याउने तयारी छ ।
प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोप छ ।
चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घर र गाडीमा तोडफोड र आगजनी गरिएको थियो ।
प्रकाशित मिति: २८ चैत्र २०८१, शुक्रबार
















