सुतेकै ठाउँबाट तीन महिने शिशु गायब
दैलेख । दैलेखमा सुतेकै ठाउँबाट एउटा शिशु गायब भएका छन् ।
जिल्लाको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशु बेपत्ता पारिएको हो । गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया बुढालाई बेपत्ता पारिएको प्रहरीले जनाएको छ ।
बमबहादुरका दाजु दीपक बुढाका अनुसार सबै सुतिरहेका बेला घर पछाडिको रुखमा राखेको खरमा आगो लागेको थियो । खरमा आगो लागेको थाहा पाएपछि घरका सबै जना आगो निभाउन गएका थिए ।
तर, आगो निभाएर फर्किँदा घरमा बच्चा थिएन । बच्चा चोर्न कुनै समूहले खरमा आगो लगाएको हुनसक्ने उनले आशंका गरे । प्रहरीले शिशुको खोजी कार्य गरिरहेको छ ।
प्रकाशित मिति: २८ चैत्र २०८१, शुक्रबार
















