चारदेशीय टी-२० शृङ्खला : कुवेतले दियो नेपाललाई १७५ रनको लक्ष्य



काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२०आई प्रतियोगिताको फाइनलमा कुवेतले नेपालाई १७५ रनको लक्ष्य दिएको छ।

नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो ।

कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए ।

क्लिन्टो एन्टोले २६, मिट भावसार १६ र मोहम्मद उमर अब्दुल्लाले २३ रनको योगदान दिए ।

बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २-२, करण केसी र कुशल भुर्तेलले एक-एक विकेट लिए ।

प्रकाशित मिति: ३० चैत्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्