काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित
काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत नेपाल पाकिस्तानसँग सोझो सेटमा पराजित भएको छ। पाकिस्तानको इस्लामावादमा शुक्रबार भएको खेलमा नेपाल ३-० को सेटमा पराजित भएको हो।
पाकिस्तानले नेपाललाई २५-१४, २५-१८ र २५-१० को सेटमा हराएको छ। जारी प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो।
पहिलो सेटमा पाकिस्तानले सुरुदेखि नै दबाब बनाएर २५-१४ को सहज जित निकाल्यो। दोस्रो सेटमा नेपालले ५-४ सम्म अग्रता बनाए पनि त्यसपछि पाकिस्तानले खेलमा पूर्ण नियन्त्रण कायम गर्दै २५-१८ ले सेट आफ्नो पक्षमा पार्यो।
तेस्रो सेटमा पनि पाकिस्तान हाबी रह्यो। ३-२ को अग्रतापछि पाकिस्तानले लगातार अंक बटुल्दै २५-१० ले सेट जित्दै खेल समाप्त गरेको थियो।
फिफा वरीयतामा आफूभन्दा माथि रहेको पाकिस्तानविरुद्ध नेपालले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन। बलियो टोली पाकिस्तानले खेलभर आफ्नो प्रभुत्व कायम राख्यो।
प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार







