निषेधाज्ञा हटेपछि मात्रै एमाले वीरगञ्ज महानगर कमिटिको मतदान हुने
पर्सा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले वीरगञ्ज महानगर कमिटिको नयाँ नेतृत्वको चुनाव अनिश्चित बनेको छ ।
महानगर कमिटिको नयाँ नेतृत्व चयनका लागि लागि चार दिन अगाडि ‘नोमिनेशन’ भएको थियो ।
नोमिनेशन भएको चार दिन बितिसक्दा पनि मतदान भने अझै हुन नसकेको अध्यक्ष पदका उम्मेदवार सुन्दर राउत कुर्मीले बताए ।
वीरगञ्ज मा नोमिनेशनकै दिन कर्फ्यू लागेपछि निर्वाचन स्थनगन गरिएको अध्यक्ष मण्डलका अध्यक्ष बिचारी यादवले बताए ।
उनका अनुसार अहिले पनि वीरगन्ज निषेधाज्ञा लागू छ, यो अवधिमा मतदान गराउन सकिदैन ।
उनले भने, ‘अहिले हामीलाई यहीकारणले कठिनाइ भइरहेको छ, अब यो हटेपछि अध्यक्ष मण्डलहरुको बैठक बसेर हामी मतदान गराउने छौं ।’
तर अहिलेको अवधिमा सम्भव नरहेको उनको भनाइ छ । गएको ३० गते महानगरको कमिटि नयाँ नेतृत्वको चयनका लागि नोमिनेशन भएको थियो ।
८३ पदका लागि निर्वाचन हुँदैछ । जसमा अध्यक्ष पदमा २ जना, उपाध्यक्षमा २ जना, सचिवमा ४ जना र उपसचिवमा ४ जनाको उम्मेदवारी परेको जनाइएको छ ।
अध्यक्ष पदमा सुन्दर राउत कुर्मी र नवराज शर्माको उम्मेदवारी परेको छ ।
प्रकाशित मिति: २ बैशाख २०८२, मंगलबार
















