सबैभन्दा बढी निर्यात भए यी पाँच वस्तु
काठमाडौँ । चालु आर्थिक २०८१/८२ को चैत मसान्तसम्ममा ८७ प्रतिशत आयात हुँदा ८३ प्रतिशत निर्यात बराबर निर्यात भएको छ । यो अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागले जनाएको छ ।
जसमध्ये सबैभन्दा धेरै निर्यात हुनेमा प्रशोधित तथा पाम तेल रहेको छ । यो अवधिमा ७४ अर्ब २८ करोड बरबबरको पाम तथा प्रशोधित तेल निर्यात भएको छ ।
यसैगरी ११ अर्ब ९५ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु निर्यात भएको छ । १० अर्ब ७४ करोड रुपैयाँ बराबरको चिया कफी तथा अन्य मसलाजन्य वस्तु निर्यात भएको छ । १७ अर्ब ४६ करोड रुपैयाँको धागो, ९ अर्ब ३० करोड रुपैयाँको गलैँचा निर्यात भएको छ ।
प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार
















