सूर्यज्योति लाइफ इन्स्योरेन्स ‘एनसीएचएल’ मा आबद्ध
काठमाडौं–सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाहरु बीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशबिक्रम खत्री र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात सूर्यज्योति इन्स्योरेन्सको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (NPI) सँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन् । यस अन्तर्गत सूर्यज्योति लाइफ इन्स्योरेन्सले एनसीएचएल–आईपीएस र आरपीएस प्रणालीहरु मार्फत आफ्ना प्रिमियम भुक्तानीलगायतका विभिन्न संकलनका कारोबारहरु तथा एजेन्ट कमिशन, तलब, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानीलगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खातामा सोझै गर्न सक्नेछन् । साथै भविष्यमा अन्य भुक्तानीहरु पनि क्रमिक रुपमा लागू हुने योजना रहेको छ ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको एनपीआईमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्स कम्पनीहरु, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथाअर्ध–सरकारी संस्थाहरु लगायतका ११० भन्दा बढिगैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । यस मार्फत सदस्यहरुले संस्थाहरुको एनसीएचएल–आईपीएस र आरपीएस प्रणालीहरुको प्रयोग गर्न सक्नेछन् ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स आफ्नो देशभर रहेका २०० भन्दा बढी शाखाहरु मार्फत ग्राहकहरुलाई बिमा सेवाहरु प्रदान गर्दै आइरहेको छ । १५ वर्षको सेवा अवधिमा सूर्यज्योति लाइफइन्स्योरेन्स नेपालको उत्कृष्ट लाईफ इन्स्योरेन्स कम्पनीमध्येको एक बन्न सफल भइसकेको छ । नेपाल क्लियरिङ्ग हाउससँगको यस सहकार्यले इन्स्योरेन्सको डिजिटल यात्रामा विशेष सहयोग हुने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार
















