नेपाल आइपुगे चर्चित ब्राजिलियन फुटबलर कार्लोस
काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आज बिहान नेपाल आइपुगेका छन् ।
उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका खेल हेर्नका लागि नेपाल आएका हुन् ।
कार्लोसले मंगलबार बिहान ८ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । आजै उनले धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्ने छन् ।
यसअघि शुक्रबार नेपाल आउने तालिका रहे पनि स्वास्थ्य अवस्थाका कारण उनको भ्रमण स्थगित भएको थियो ।
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार
















