जम्मु कश्मीरमा भएको आतंकवादी हमलामा मारिएका नेपालीको परिचय खुल्यो



काठमाडौं । भारतको जम्मु कश्मीरमा पहलगाममा भएको आतंकवादी हमलामा मारिएका नेपाली युवकको परिचय खुलेको छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावास स्रोतका अनुसार हमलामा मृत्यु भएका नेपाली बुटवल उपमहानगरपालिका वडा नम्बर १४ का सुदीप न्यौपाने हुन् ।

घटनास्थलमा उनको सवारी लाइसेन्स भेटिएको छ। उक्त लाइसेन्स भेटिएसँगै उनको पहिचान खुलेको हो । उनी शनिबार आमा, दिदी र भिनाजुसँगै जम्मू(काश्मिर घुम्न गएको बताइएको छ ।

मंगलबार एक आतंकवादी समूहले पहलगामस्थित पर्यटकीय क्षेत्रमा २६ जनाको हत्या गरेको थियो । जसमध्ये एक जना नेपाली नागरिक पनि रहेको पुष्टि भएको थियो ।

प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्