भारतीय विद्युतमन्त्री खट्टरले गरे मुक्तिनाथमा पूजाअर्चना
मुस्ताङ । भारतका विद्युत तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् ।
खट्टरसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पनि मुक्तिनाथको पूजाअर्चना गरेका हुन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार दुवै देशका ऊर्जामन्त्रीका साथ नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र १६ सदस्यीय टोली मुस्ताङ आएको हो ।
टोलीलाई मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले टीका र प्रसाद प्रदान दिएका थिए ।
प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार
















