कमल थापा उपप्रधान तथा स्थानीय विकास मन्त्री, आज ६ बजे सपथ


 


काठमाण्डौ, फागुन २६

राप्रपा अध्यक्ष कमल थापा उपप्रधान तथा स्थानीय विकास मन्त्री हुँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जाने भएका छन् । सरकारले आज विस्तार गर्न लागेको मन्त्रिपरिषदमा राप्रपाले पर्यटन मन्त्रीमा दिलनाथ गिरीलाई पठाउने भएको छ।

थापा र गिरीको आज साँझ साढे ६ बजे सपथ राखिएको छ । अहिले स्थानीय विकासमन्त्री हितराज पाण्डे छन् ।माओवादीको सिफारिसमा मन्त्री भएका उनलाई फिर्ता बोलाउने भएको छ।

यस्तै पर्यटन मन्त्री जीवनबहादुर शाहीलाई पनि फिर्ता बोलाउने भएको छ। उनी का‌ग्रेसको कोटामा मन्त्री भएका हुन् ।

प्रकाशित मिति: २६ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्