प्रधानमन्त्रीलाई सत्तामा बस्ने नैतिक अधिकार छैन : माओवादी केन्द्र
काठमाडौं । प्रमुख प्रतिपक्षी दल (नेकपा माओवादी केन्द्र) ले सरकारले आफ्नो वैधानिक औचित्य गुमाइसकेको निष्कर्ष निकालेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरेर माओवादी केन्द्रले यस्तो निष्कर्ष सुनाएको हो ।
सरकारलाई एक दिन पनि सत्तामा बस्ने नैतिक अधिकार नरहेको उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटा बताए ।
‘वर्तमान सरकार प्राविधिक रुपमा अस्तित्वमा त छ, तर वैधानिक रुपमा औचित्य गुमाइसकेको छ,’ उनले भने, ‘यसअर्थमा आफ्नो औचित्य पुष्टि गर्न पूर्ण रुपमा असफल भएको सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन।’
प्रकाशित मिति: १० बैशाख २०८२, बुधबार
















