भारतीय सीमा सुरक्षा वलका जवान पाकिस्तानी सैनिकको नियन्त्रणमा
काठमाडौं । पहलगाम आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको तनावकाबीच पाकिस्तानी सैनिकले पन्जाबको भारत–पाकिस्तान सीमामा एक बीएसएफ (सीमा सुरक्षा बल) जवानलाई नियन्त्रणमा लिएको छ ।
पाकिस्तानी मिडियाले सिपाहीका दुई तस्बिर जारी गरेको छ जसमा एउटा तस्बिरमा एक बीएसएफ जवान एके–४७ र पानीको बोतल लिएर उभिरहेका छन् भने अर्को तस्बिरमा आँखामा पट्टी बाँधिएको छ ।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार जम्मु–कश्मीरको उधमपुरमा सुरक्षा बल र आतंककारीहरूबीच पछिल्लो २४ घण्टामा मुठभेड जारी छ ।
यसमा एक जना सेनाका जवान मारिएको र सुरक्षा बलले आतंककारीका चार सहयोगीलाई पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार
















