ट्राफिक प्रहरीले सर्वसाधरणलाई कुटपिट गरेको अर्को भिडियो पनि भाइरल



काठमाडौं । ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो पनि सार्वजनिक भएको छ ।

ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले भिडियो आफूहरुको जानकारीमा आएको भन्दै त्यसबारे बुझ्ने काम भइरहेको बताएका छन् ।

यसअघि हिजो मात्रै अर्का एक व्यक्तिलाई कुटपिट गरेको पुरानो भिडियो भाइरल भएपछि प्रहरीले ४ जना ट्राफिक प्रहरीविरुद्ध छानबिन गरिरहेको छ ।

उनीहरुले सर्वसाधारणलाई लडाएर कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले चासो देखाएको थियो । त्यसक्रममा त्यो भिडियो केही महिना पुरानो भएको खुलेको थियो ।

त्यो घटनामा संलग्न ट्राफिक प्रहरीहरुमाथि छानबिन भइरहेका बेला अर्को घटना पनि सार्वजनिक भएको हो ।

ट्राफिकले सर्वसाधारण कुटेको ‘पुरानो’ भिडिओ भाइरल अर्को पनि पढ्नैपर्ने
ट्राफिकले सर्वसाधारण कुटेको ‘पुरानो’ भिडिओ भाइरल
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सर्वसाधारण व्यक्तिलाई कुटपिट गर्ने चारजना ट्राफिक प्रहरीलाई कारबाही गरिसकेको छ ।

२०८१ मंसिर २३ गते सुन्धाराको आकासे पुलमुनि जनसेवाबाट खटिएका ट्राफिकले सर्वसाधारण व्यक्तिलाई कुटपिट गरेको खुेलेको छ ।

कुटपिटको उक्त भिडियो भाइरल भएपछि ट्राफिक प्रहरी कार्यालयको ध्यानाकर्षण भएको हो । कुटपिटमा संलग्न चारजना ट्राफिक प्रहरीलाई जनसेवाको जिम्मेवारीबाट हटाइएको ट्राफिक प्रहरीका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।

‘प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकासो पुलमुनिको भएको र उक्त कार्यमा संलग्न देखिएका चारजना ट्राफिक प्रहरीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाई यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाई आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: १२ बैशाख २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्