मन्त्रिपरिषद विस्तार, कमल थापाले लिए सपथ


 


काठमाडाैं, फागुन २६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्री र राप्रपाका नेता दिलनाथ गिरीलाई संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयको जिम्मेवारी दिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गरेका हुन।

राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री दाहालले थापा र गिरीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।

थापा थपिएपछि मन्त्रिपरिषदमा ३१ मन्त्री र १४ राज्यमन्त्री गरी ४५ जना भएका छन्। अब मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री भएका छन्।

यसअघि बिमलेन्द्र निधिले उपप्रधान तथा गृह र कृष्णबहादुर महराले उपप्रधान तथा अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्।

प्रकाशित मिति: २६ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्