प्रधानन्यायाधीश राउत आज बेलायत जाँदै



काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आज बेलायत भ्रमणमा जाने भएका छन् ।

उनी १० दिने भ्रमणका लागि आज प्रस्थान गर्न लगोका हुन् ।

उनी नेतृत्वको टोलीमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल, उच्च अदालतका न्यायाधीशद्वय रितेन्द्र थापा र हेमन्त रावल हुनेछन् ।

यस्तै सर्वोच्चका रजिस्ट्रार विमल पौडेल पनि भ्रमण टोलीमा रहनेछन् । राउत नेतृत्वको टोली वैशाख २३ गते स्वदेश फर्किने कार्यतालिका छ ।

प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्