ट्रक होटलभित्र छिरेपछि…



नवलपरासी । पूर्वी नवलपरासीको दाउन्नेमा एउटा ट्रक होटलभित्र छिरेको छ ।

आइतबार बिहान विनयीत्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने बजारमा ना ५ ख ८६७१ नम्बरको ट्रकको ब्रेक फेल भएर टहरामा सञ्चालित होटलभित्र छिरेको हो ।

मार्बल बोकेको ट्रक नारायणगढबाट बुटवल जाँदै थियो । तर दाउन्नेमा ब्रेक फेल भएपछि ट्रक अनियन्त्रित भएर होटलभित्र छिरेको प्रहरीले जनाएको छ ।

ट्रकले धौलागिरी होटल एण्ड लज पूर्ण रुपमा भत्काएको छ । घटनामा मानवीय क्षति भने भएको छैन । ट्रकका चालक र सहचालक दुवैलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्