माओवादीको ‘जनजागरण अभियान’ बोकेर बाँके पुगे प्रचण्ड
बाँके । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाँके पुगेका छन् ।
‘जनतासँग माओवादी तराई मधेश जनजागरण अभियान’अन्तर्गत उनीसहितको टोली आइतबार बाँके आइपुगेको हो ।
बाँकेको विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ ।
अभियान टोली बाँके, बर्दिया र कैलाली हुँदै वैशाख १७ गते कञ्चनपुरमा पुगेर अभियानको समापन गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार
















