सर्लाहीमा महिलाको हत्या



काठमाडौं । सर्लाहीमा एक जना महिलाको हत्या भएको छ ।

प्रहरीका अनुसार घरायसी विवादमा ३६ वर्षीया रेनु देवी पासवानमाथि उनकै जेठाजुले धारिलो हतियार प्रहार गरेका हुन् ।
बिष्णु गाउँपालिका– ३ मधुवन गोठका गजेन्द्र पासवानकी श्रीमती रेनु देवीमाथि आइतबार बिहान करिब १० बजेतिर ४० वर्षीय जेठाजु साहेब पासवानले धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार हात, मुख र घाँटीमा गम्भीर चोट लागेका कारण रेनु देवीको घटनास्थलमै मृत्यु भएको हो ।

साहेब पासवानलाई हतियारसहित पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्