कञ्चनपुर घटना : भारत र नेपालबीच के–के भयाे सहमति ?



कञ्चनपुर, फागुन २७

पुनर्वास नगरपालिका–८ मा विहिबार २६ वर्षीय गोविन्दप्रसाद गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर मृत्यु भएपछि सीमा क्षेत्रको तनाव कम गर्न नेपाल र भारतका अधिकारीबीच तीनबुँदे सहमति भएको छ ।

भारतको उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाका डिएम आकाश दीप र कञ्चनपुरका प्रजिअ मनोहरप्रसाद खनालबीच भएको छलफलमा सो सहमति भएको हो । तीनबुँदे सहमति भएसँगै सीमा क्षेत्रमा देखिएको तनावको अन्त्य भएको छ ।

विवादित सीमा क्षेत्रमा दुवै देशको संयुक्त सर्भे टोलीले रेखाङ्कन गरी सीमा विवाद हल गर्ने, एसएसबीले गोली प्रहार गरेर नेपालीको मृत्यु भएको देखिए छानबिन गरेर दोषीमाथि कारबाही र मृतकको परिवारलाई क्षतिपूर्ति दिने र स्थानीयस्तरमा देखिने सीमा समस्या नेपाली सशस्त्र प्रहरी र एसएसबीले समन्वय गरेर हल गर्ने तथा माथिल्लो निकायमा विवादबारे समयमै जानकारी गराउने सहमति भएको प्रजिअ खनालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News