कास्कीमा चट्याङ लागेर दुई जनाको मृत्यु
कास्की । कास्कीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार दिउँसो अन्नपूर्ण गाउँपालिका-११ मा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा संखुवासभाको सिलिचोङ गाउँपालिका-४ का भरतकुमार राई र महेश राई रहेका छन् ।
अन्नपूर्ण-११ स्थित त्रिवेणी ताल पदमार्गमा निर्माणको काम गरिरहेका वेला आइतबार दिउँसो हावाहुरी र पानीसँगैको परेको चट्याङले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
उनीहरुको शव अहिलेसम्म घटनास्थलमै छ ।
प्रकाशित मिति: १५ बैशाख २०८२, सोमबार
















