एमालेको मेची महाकाली अभियान हेटौंडाबाट आजदेखि फेरि सुरु



काठमाडौं, फागुन २७

सप्तरी घटनापछि स्थगित भएको नेकपा एमालेको मेची महाकाली अभियान शुक्रबारदेखि फेरि सुरु हुँदैछ । अभियानका क्रममा गएको सोमबार सप्तरीमा प्रहरीको गोली लागेर चारजनाको मृत्यु भएपछि एमालेले तीन दिनका लागि अभियान स्थगित गरेको थियो । एमालेले  हेटौंडाको भुटनदेवी चौरमा हुने सभामा शीर्ष नेताले सम्बोधन गर्ने एमालेले जनाएको छ ।

सप्तरी घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई अभियान रोक्न आग्रह गरेपनि एमालेले अभियान नरोक्ने जनाएको हो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैको विरोध गर्न मेची महाकाली अभियान संचालन नगरेको भन्दै आफ्नो कुरा राख्न नागरिकमाझ गएको दर्याए । सप्तरी घटना र अभियानबारे जानकारी दिन एमालेले  देशैभरि अगुवा कार्यकर्ता भेला र सभा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News