कोलकाताको एक होटलमा आगलागी हुँदा कम्तिमा १४ को मृत्यु



भारतको कोलकातास्थित एक होटलमा मंगलबार राति आगलागि हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

आगलागीका क्रममा २२ जनालाई उद्दार गरिएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

होटल भित्र अझै केही मानिसहरु फसेको हुन सक्ने आसंकामा उद्दार कार्य जारी राखिएको छ । पुलिस कमिश्नर मनोज वर्माका अनुसार आगो ऋतुराज होटलमा राती करीब ८ः१५ बजे लाग्न सुरु गरेको थियो। आगो नियन्त्रणमा प्रहरी परिचालन गरिएको थियो। लगतै १४ शव फेला परेको जनाइएको छ ।

प्रारम्भिक जाँचबाट होटलको चौंथो तलमा बिजुली मीटरमा शट भएर आगो लागेको जनाइएको छ । आगा नियन्त्रणमा आइसकेको छ ।

प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्