Deshko News
८ आश्विन २०८०, सोमबार

जाजरकोट बस दुर्घटनाः काे–काे परे दुर्घटनामा (मृतककाे नामसहित)



जाजरकोट, फागुन २७

सदरमुकाम खलङ्गाबाट साल्मा–५ खारातर्फ गइरहेको ना ३ ख २२७९ नं को यात्रु बस विहिबार पासागाड खोलामा दुर्घटनाग्रस्त हुँदा २६ जनाको मृत्यु भएको छ ।

भेरीमालिका नगरपालिका–४ पासागाडमाथि घुमाउरो सडकबाट करिब चार सय मि तल खसेर बस दुर्घटना भएको हो । दुर्घटनामा परी ४१ जना घाइते भएको प्रहरीले बताएको छ ।

सदरमुकामबाट ४३ यात्रु लिएर गुडेको सो बसमा थप यात्रु चढेको घाइतेको भनाइ छ । अहिलेसम्म १५ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।

सनाखत भएका मृतकहरू

भेरीमालिका नपा–४ गणेश बोहोरा

भेरीमालिका नपा–४  नदिल चन्द

भेरीमालिका–३ शान्त सुनार

भेरीमालिका–१० सन्तोष चन्द

भेरीमालिका–११ गोपाल सुनार

भेरीमालिका–११ बहादुर भण्डारी

भेरीमालिका–११ शर्मिला सुनार

दसेरा–१ डिलबहादुर बुढा

दसेरा–२ मनिराम जैसी

सिमा–९ मदन पुन

लहँ–४ रामबहादुर बस्नेत

साल्म–५  नन्दलाल जैसी

पजारु–८ नैने दमार्इं

मजकोट–७  दले तिरुवा

रुकुम चौरजहारीका कृष्णबहादुर गिरी

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News