गभर्नर सिफारिस समितिको सदस्यमा महाप्रसाद अधिकारी नियुक्त



काठमाडौं, वैशाख १८ । गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि १० चैतमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गठित समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि सरकारले अधिकारीलाई समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम समेत पारित गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: १८ बैशाख २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्