ओडिशा प्रहरीले भन्यो –प्रिसा साहको अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको छ



काठमाडौं । केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रिसा साह मृत्यु प्रकरणका बारेमा भुवनेश्वरका प्रहरी आयुक्त एस देव दत्त सिंहले घटनाबारे अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको बताएका छन् ।

उनले भने,‘फोरेन्सिक र प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेको छ , घटनाबारे अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको छ।’

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा वीरगञ्जकी विद्यार्थी प्रिसा साह मृत फेला परेको ओडिशा प्रहरीले जनाएको छ।

भुवनेश्वरका प्रहरी आयुक्त एस देव दत्त सिंहले बिहीबार साँझ ७ बजेतिर प्रिसा साहको शव होस्टेलको कोठामा फेला परेको बताए।

प्रहरी आयुक्तले घटनाबारे विद्यार्थीका अभिभावक र नेपाली दूतावासलाई जानकारी गराइएको बताए।

उनले घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको बताए।

नेपालका परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल सरकारले दिल्लीस्थित आफ्नो दूतावासमार्फत घटनाबारे निगरानी गरिरहेको बताएकी छन्।

यसअघि २०८१ मा सोही विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन्

प्रकाशित मिति: १९ बैशाख २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्