सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदै
काठमाडौँ, वैशाख २२ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
बिहान ११ बजेदेखि शुरु हुने बैठकमा सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ ।
नीति कार्यक्रममाथि वैशाख २२ देखि २८ गतेसम्म छलफल गर्ने र जवाफ दिने कार्यसूची छ ।
त्यस्तै आजको बैठकमा सांसदहरुले नीति तथा कार्यक्रममाथि राखेको संशोधन प्रस्तुत हुने र छलफल हुने संसद सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: २२ बैशाख २०८२, सोमबार
















