अर्थमन्त्री पौडेलले प्रचण्डलाई भेटे, बजेटबारे छलफल



काठमाडौँ, वैशाख २३ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

अर्थमन्त्री पौडेलले आज बिहान निवासमै पुगेर अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।

भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्