चट्याङ लागेर बालकको मृत्यु
उदयपुर । कटारी नगरपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।
कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु हो ।
सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए ।
घटनाको थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार
















