पोखरामा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या



काठमाडौं । पोखरामा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् ।

सोमबार दिउँसो पोखरा महानगरपालिका–१७ विरौटास्थित आयुर्वेद पथमा यो घटना भएको प्रहरीले जनाएको छ ।

श्रीमान्–श्रीमती अचेत रहेको जानकारी आएपछि प्रहरीले दुवै जनालाई उद्धार गरेर गण्डकी मेडिकल कलेज पुर्‍याएको थियो ।

अस्पताल पुर्‍याउने वित्तिकै ३७ वर्षीया देवी पराजुली बराललाई डाक्टरले मृत घोषणा गरेका थिए ।

आज मंगलबार ५७ वर्षीय ऋषिराम बराललाई चिकित्सकले मृत घोषणा गरेको हुन् । उनीहरू श्रीमान्–श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले विषको खाली बट्टा र चक्कु समेत बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पारिवारिक विवाद भएपछि श्रीमतीको हत्या गरेर आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्