मकवानपुरको राक्सिराङमा जिप दुर्घटना : ९ जना घाइते, ६ को अवस्था गम्भीर



मकवानपुर । राक्सिराङ गाउँपालिका–९, अठारेको भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । तीमध्ये छ जनाको अवस्था गम्भीर छ।

मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा राक्सिराङ–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान, उनकी ७० वर्षीया पत्नी फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएका छन्।

दुर्घटनामा ५० वर्षीय सूर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र २८ वर्षीय सुजन तामाङलाई सामान्य चोट लागेको छ । घाइतेको मनहरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्