आज दिनभर पानी पर्छ–मौसमविद



काठमाडौं, फागुन २८

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा शनिबार पनि दिनभर पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुसँगै स्थानीय वायुको पनि प्रभाव परेकाले शुक्रबारदेखि देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

उनका अनुसार गएको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३३ मिलिमिटर पानी परेको छ । अहिलेको यो प्रणाली निकै ठूलो भएकाले आज एकैछिन खुलेपनि मौसम बदली भइ पानी पर्ने जानकारी दिए । आइतबारदेखि मात्र मौसममा सुधार आउने उनले बताए ।
प्रि मनसुन सुरु भइसकेकाले अब दिउँसोपछि पहाडी क्षेत्रमा गड्याङगुडुङसहित पानी पर्नु सामान्य भएको पनि मौसमविद् प्रधानाङ्गको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News