उपप्रधानमन्त्री सिंह र इजरायलका राजदूतबीच भेटवार्ता
काठमाडौं । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बास र उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहबीच शिष्टाचार भेटवार्ता भएको छ ।
उनीहरुबीच सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटमा विशेष गरेर आपसी हित र सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।
यस्तै नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहकार्यका विषयमा पनि छलफल भएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार
















