सीमामा निगरानी बढाउन निर्देशन दिने सुरक्षा परिषद् बैठकको निर्णय



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरक्षा परिषद्को बैठक बसेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बसेको हो ।

बैठकले भारत-पाकिस्तानबीच बढेको तनावले नेपालमा पार्नसक्ने असरको विश्लेषण गर्दै सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सोही अनुसार तीनै तहका सुरक्षा निकायलाई सीमामा निगरानी बढाउन निर्देशन दिने निर्णय समितिको बैठकले गरेको बताइएको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखक, नेपाल सेनाका प्रतिनिधि, प्रहरी प्रमुख दीपक थापा, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, मन्त्रालयको सुरक्षा महाशाखाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २४ बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्