बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको नीजी निवास बुढानिलकण्ठमा बैठक बसिरहेको हो ।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी भइरहेको छ ।
साथै गभर्नरका विषयमा पनि छलफल भइरहेको बताइएको छ ।
प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार
















