एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश गर्न किन रोक लगाईयो ?



काठमाडौं । नेपाल फुटबल संघ (एन्फा) ले पूर्वअध्यक्ष गणेश थापालाई साधारणसभा प्रवेश गर्न रोक लगाएको छ।

धुलिखेलमा सुरू हुन लागेको एन्फाको साधारण सभामा सहभागी हुन पुगेका थापालाई रोक लगाइएको हो।

थापा आफ्ना समर्थकसहित धुलिखेलको साधारणसभामा भाग लिन पुगेका छन्। भित्र प्रवेश नदिए पछि पूर्व अध्यक्ष थापा सभास्थल बाहिर बसेका छन्।

फिफाको १० बर्षे प्रतिबन्ध फुकुवा भएपछि उनी पहिलो पटक एन्फाको साधारणसभामा सहभागी हुन लागेका हुन्।

उच्च अदालत पाटनको आदेश बोकेर जाँदा पनि एन्फा पदाधिकारीले उनलाई प्रवेश गर्न नदिए पछि तनाव भएको छ।

२१ वैशाखमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाकै पक्षमा फैसला गरेपछि उनी आज साधारण सभामा भाग लिन धुलिखेल गएका थिए।

गणेश थापा आरसी ३२ क्लबको प्रतिनिधिका रूपमा एन्फाको साधारणसभामा जान लागेका हुन्। उक्त क्लबले वैशाख १५ गते थापालाई प्रतिनिधि चयन गरेको थियो।

प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्