नेपाल र हङकङबीचको खेल रद्द
काठमाडौं । क्षेत्र छनोटमा नेपाल र हङकङबीचको खेल रद्द भएको छ।
वर्षाले मैदान भिजेका कारण खेल रद्द हुँदै दुवै टिमले अंक बाँडेका हुन्।
थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युटअफ टेक्नोलोजी मैदानमा हिजो राती परेको पानीका कारण मैदानमा खेल्न नमिल्ने भएपछि टस पनि नभइ दुवै टिमले अंक बाँडेका हुन्।
बिहान पनि मौसम खराब हुँदा खेल सञ्चालन हुन सकेन।
नेपालले शनिबार बहराइनसँग खेल्नेछ।
प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार







