भारत र पाकिस्तानमा बस्ने नेपालीको उचित व्यवस्था गर्न सभामुखद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा बस्ने नेपालीहरूको सुरक्षाको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेले भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीहरूको सुरक्षाको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण ध्यानाकर्षण गराएका हुन्।
उनले सो देशमा बस्ने नेपालीहरूलाई पर्न सक्ने सम्पूर्ण समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्न गराउन पनि उनले ध्यानाकर्षण गराए।
त्यसअघि, बैठकमा सांसदहरूले भारतमा विभिन्न पेसा व्यवसायमा रहेका लाखौँ नेपाली नागरिकको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए। साथै उनीहरूले पाकिस्तानमा अध्ययनरत विद्यार्थीको उद्धार गर्न समेत माग गरेका छन्।
प्रकाशित मिति: २६ बैशाख २०८२, शुक्रबार
















