गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गरिने, यस्तो भयो सहमति



काठमाडौं, वैशाख २८ । गभर्नरमा विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी भएको छ ।

हिजो (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकले गभर्नर सिफारिस समितिका दुई सदस्य नै नयाँ राखेर विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्ने सहमति गरेका हुन् ।

काँग्रेसको प्रस्तावमा पौडेललाई गभर्नरमा सिफारिस गरिएको काँग्रेसका एक पदाधिकारीले बताए । पौडेल यसअघिको निर्वाचनमा चितवनबाट प्रतिनिधिसभाका लागि प्रतिष्पर्धामा थिए ।

काँग्रेसले गुणाकर भट्टलाई नै गभर्नर बनाउन खोजेपनि कामु गभर्नर निलम ढुंगानाले उनको राजीनामा स्वीकृत नगर्ने अडान लिएपछि दुई दल अर्को विकल्पमा लागेका हुन् । ती पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नै बोलाएर ढुंगानालाई अनुरोध गर्दा पनि नमानेको दाबी गरे ।

पौडेल सिफारिस समितिमै रहेका कारण राजीनामा गर्न लगाएर थप दुई जना सदस्य राख्ने तयारी गरिएको उनले बताए ।

प्रकाशित मिति: २८ बैशाख २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्