हाेलीकाे अवसरमा कतारमा भलिबल प्रतियाेगिता


 


दाेहा, फागुन २८

हाेलीकाे अवसरमा कतारमा कार्यरत रहेेका नेपालीहरूबिच भलिबल प्रतियाेगिता भएकाे छ । कतारकाे अलखाेरस्थित खेल मैदानमा भएकाे खुल्ला भलिबल प्रतियाेगितामा बाग्लुङ मिरमिरे क्लब प्रथम भएकाे छ ।

त्यस्तै भाेजपुर घर भर्इ हाल कतारमा रहेका भाेजपुरेहरूकाे संस्था संघर्षशिल प्रवासी मिडिया ग्रुप दाेस्राे भएकाे छ । भाेजपुरे ग्रुपले खाेटाङ सेवा समाजलार्इ हराएकाे हाे ।

त्यस्तै सुनसरी परिवर्तनशिल युवा क्लव तेस्राे भयाे । विजेता, उपविजेता टिमले क्रमश एक हजार, छ सय  र चार सय रियल पुरस्कार प्राप्त गरे । भाेजपुरे टिममा रमेश थापा, गाेकुल थापा, उमेश थापा, एकराज केसी, मदन थापा, डिकेन्द्र नेपाली, दिपबहादुर मगर र कुमार भुजेलले सहभागिता जनाएका थिए ।

खेल अलजबर जेटेसी कम्पनीले अायाेजना गरेकाे हाे । प्रतियाेगितामा १६ टिमकाे सहभागिता थियाे ।

प्रकाशित मिति: २८ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्