दुबईमा नेपाली युवकको मृत्यु
इलाम । इलामको माईजोगमाई गाउँपालिका–५ (सोयाङ) का ३४ वर्षीय बुद्धि आचार्यको दुबईमा मृत्यु भएको छ ।
गत अप्रिल ३ (चैत २३) गतेदेखि सम्पर्कविहीन बनेका आचार्य खोजीका क्रममा शरीरमा चोटपटक लागेको अवस्थामा मृत भेटिएका थिए ।
उनको भिनाजु सोम शर्माका अनुसार सात वर्षअघि रोजगारीका सिलसिलामा दुबई गएका उनी दुई वर्षअघि घर आएर विवाह गरी श्रीमती लिएर उतै फर्किएका थिए।
शर्माका अनुसार दुबईबाट उनको शव नेपाल ल्याइसकिएको छ ।
प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार
















