धनगढीबाट १२ ग्राम २५० मिलिग्राम खैरो हेरोइनसहित २ जना पक्राउ



धनगढी । कैलाली प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न दुई जनालाई १२ ग्राम २५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश घर भई हाल धनगढी उपमहानगरपालिका–०१ मा बसोबास गर्दै आएका ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मुजमिल्ल अन्सारी रहेका छन् ।

मंगलबार दिउँसो १ बजे धनगढी उपमहानगरपालिका–०१ स्थित पशुपति टोलमा खटिएको वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट १२ ग्राम २५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: ३० बैशाख २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्