जावलाखेलको चिडियाखानाबाट रेड पाण्डा चोर्ने प्रयास



काठमाडौं । ललितपुरको सदर चिडियाखानाबाट दुलर्भ रेड पाण्डा चोरी गर्ने प्रयास भएको छ ।

मंगलबार बेलुकी रेड पाण्डा चोरी गर्ने प्रयास भएको पाइएपछि जिल्ला प्रहरी परिसर, ललितपुरमा उजुरी परेको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीले यसबारे प्रहरीले अनुसन्धान गरिरहेको पुष्टि गरे ।

रेड पाण्डा चोरी गर्न लागेको दृश्य क्लोज सर्किट (सीसी) क्यामरामा समेत कैद भएको छ ।

त्यहि आधारमा प्रहरीले अनुसन्धान थालेको छ । यो घटना हुँदा चिडियाखानाका प्रमुख चाहिँ बिदामा थिए ।

प्रकाशित मिति: ३१ बैशाख २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्