नेपाल आज बहराइनसँग भिड्दै, जित्नै पर्ने दबाब



काठमाडौं । आइसिसी महिला टी–२० विश्वकपको एसिया छनोट अन्तर्गत नेपाल आज बहराइनसँग भिड्दै छ ।

खेल नेपाली समय अनुसार १२ः३५ बजेदेखि थाइल्याण्डमा सुरु हुनेछ ।

जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले हङकङ चाइनाविरुद्ध वर्षाका कारण रद्द भएपछि १–१ अंक बाँडेको थियो भने दोस्रो खेलमा बहराइनलाई पराजित गरेको थियो ।

त्यस्तै तेस्रो खेलमा हङकङ चाइनासँग पराजित भएको थियो।

नेपालले सुपर थ्रीमा आफ्नो स्थान पक्का गर्नका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ ।

प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्