नियन्त्रणमा आयो सतुंगलको आगलागी, १० वटा पसल खरानी



काठमाडौं । काठमाडौंको सतुंगलमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

बिहीबार बिहान ५ः२५ बजे काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकस्थित एउटा व्यवसायिक टहरामा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो ।

उक्त टहरामा रहेको एउटा कपडा पसलमा विद्युत सर्ट भएर आगलागी सुरू भएको थियो । आगलागीबाट १० वटा सटर र त्यहाँ सञ्चालित व्यवसायहरूमा पूर्ण रूपमा क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

४ वटा सटर र त्यसमा सञ्चालित व्यवसायमा आंशिक क्षति पुगेको छ । क्षतिको थप विवरण संकलन भइरहेको बताइएको छ ।
आगो निभाउनका लागि सशस्त्र प्रहरीबाट ४० जना र नेपाल प्रहरीका ३० जना गरी ७० जना सुरक्षाकर्मी खटिएका थिए ।

प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्