हावाहुरीले घर भत्किँदा एक जनाको मृत्यु



झापा । हावाहुरीका कारण घर भत्किँदा गएराति हल्दीबारीमा एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्